चन्द्रपुर,१६ मंसिर / मध्य तराईकै एक मात्र धार्मिक तथा पर्यटकिय स्थल नुनथरको नाममा यतीबेला बिभिन्न खाले नाटक चलिरहेको छ ।
केही समय पहिला पौराईका स्थानीय युवाहरुले नुनथररका नाममा बिभिन्न स्थानबाट पैसा ल्याएर नुनथर विकास समितिले हिनामिना गरेको भन्दै अख्तियार लगाएतका स्थानमा उजुरी गरेपछि फेरी अर्को समुहले नुनथरमा नगरपालिकाले लगाएको ठेक्का खारेजीको माग गर्दे नगरपालिकामा उजुरी दिईएको छ ।
चन्द्रपुर नगरपालिकाले नुनथरमा ठेक्का लगाएर कर असुल्ने निर्णय गरेपछि बिगत लामो समय देखी नुनथर क्षेत्र विकास समितिको नाममा खान पल्केकाहरुको रोजिरोटी गुमेको स्थानीयको भनाइ रहेको छ ।
स्थानीय युवाहरुले नुनथरको हिसाव किताव माग गरेपछि चन्द्रपुर नगरपालिकामा नेकपाको बहुमत रहेको र त्यसकै आधारमा नगरपालिकाले लगाएको ठेक्का रद्ध गरेर नुनथर क्षेत्र विकास समितिलाईनै कर असुल्न दिनुपर्ने आशयको ज्ञापनपत्र चन्द्रपुर नगरपालिकामा बुझाईएको छ ।
चन्द्रपुर नगरपालिका वाडानं १ का वडा अध्यक्ष सहितको एक समुह नगरपालिकाले नुनथरमा लगाएको ठेक्का रद्धको मागमा लगेको छ । नुनथरका स्थानीय युवा बलराम राउत सहितको समुहले भने नुनथर क्षेत्र विकास समितिमा त्यहीका स्थानीयको संचालक समिति बनाउनुपर्ने माग सहित अख्तियारमा गएको छ । नुनथर क्षेत्र विकास समितिमा रौतहटका पुर्व सांसद राम कुमार भट्टराइ सहितको समुह रहेको छ । स्थानीय युवाहरुले भट्टराई पौराईका स्थानीय बासिन्दा नभएको र नुनथर क्षेत्र विकास समितिमा स्थानीय बासिन्दा हुनुपर्ने माग रहेको छ ।
मध्य तराईकै धार्मिक तथा पर्यटकिय स्थल नुनथरमा बिगत केही समय देखी भएको नाटकले सो क्षेत्रको विकास भन्दा विनासनै हुने स्थानीय युवा लक्ष्मण न्यौपानेको भनाइ रहेको छ । नुनथरमा नेपाली कांग्रेस भन्दा नेकपाकै युवाहरु बिच दोहोरी चलेको छ ।