काठमाण्डौ,१८ मंसिर । नेपालले दक्षिण एसियाली खेलमा स्वर्ण पदकको संख्या २५ पु¥याएको छ । आज भएको उसूको पुरूष थाउलोतर्फ दीपक हमालले नेपाललाई स्वर्ण दिलाए हुन् । भारतका साजन तामाङले रजत पदक जिते । यो संगै स्वर्ण पदकको संख्या २५ पुगेको हो । हिजो ८ स्वर्ण जितेको नेपाल हालसम्म पदक तालिकामा शीर्ष स्थानमा छ । नेपाललाई भारतले पछ्याइरहेको छ ।