बारा १८ मंसिर । गढीमाई मन्दिरमा भाकल गरिएको रंगा काटेका २५० जना भन्दा बढीको संख्यमा रहेका व्यक्तिहरुले श्री गढीमाई मेला व्यवस्थापन मुल समिति तथा श्री गढीमाई मन्दिर संचालन तथा विकास समितिको कार्यालय घेराउ गरेका छन् । गढीमाई मन्दिर व्यवस्थापन मुल समितिले तोकेका ज्याला नदिए पछि रंगालाई काटेहरु आन्दोलित हुदै समितिको कार्यालय घेराउ गरेका थिए ।
रंगा वली काटने वेलामा सम्पूर्ण वली सकिए पछि गेटमै ज्याला वापतको रकम दिने सहमति बनेको भए पनि वली सम्पप्त भए पछि मुल समितिको कुनै पनि पदाधिकारीहरु गेटमा नभेटिएको तथा समितिको कार्यालयमा पनि कुनै पदाधिकारीहरु भेट उनीहरु विकास समितिको कार्यालयमा हो हल्ला गरेका थिए ।
आक्रोशित म्ुद्रामा रहेका उनीलाई सांसद शारदाशंकर यादवले सम्झाए पछि विकास समितिवाट पुन मेला व्यवस्थापन मुल समितिमा गएर धर्ना दिएका थिए । घण्टौ नारा जुलुस तथा हो हल्ला गरे पछि कार्यालयमा उपस्थित भएका समितिका पदाधिकारीहरुसँग पछि रकम उपलब्ध गराउँने सहमती वने पछि फर्केका थिए । आन्दोलित रंगा काटनेहरुको मुल समितिले नामावाली संकलन गरेको तथा पैसा उपलब्ध गराउँने वाचा गरे पछि उनीहरु फर्केका थिए ।
श्री गढीमाई मन्दिर संचालन तथा विकास समितिको भागमा परेको वली व्यवस्थापन उप समिति रहेको भए उपसमितिलाई मुल समिति पैसा उपलब्ध नगराए पछि समस्या भएको विकास समितिका उपाध्यक्ष विश्वनाथ कुशवाहाले वताउनु भयो ।