गौर,२३ मंसिर /बिगत लामो समय देखी तलब नपाएको भन्दै रौतहटको एक नगरपालिकाका शिक्षकहरुले रिले अनससन थालेका छन् ।
समयमा तलब निकासा नगरेको बिरोधमा रौतहटको फतुवा बिजयपुर नगरपालिकाका शिक्षकहरुले रिले अनसन थालेका हुन ।
यो बर्षको आधा समय बिति सक्दा समेत आफुहरुले तलव नपाएका कारण बाध्य भएर नगरपालिका बिरुद्ध अनसन बस्नु परेको शिक्षक रंजन खरेलले बताए ।
पटक पटक तलवको माग गर्दे आन्दोलन गरिरहेका फतुवा बिजयपुर नगरपालिकामा रहेका सामुदायीक विद्यालयका शिक्षकहरुले आईतबार देखी रिले अनसन सुरु गरेका हुन ।
नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरुको शनिबार बैठक गरेर आईतबारबाट रिले अनुसान गर्ने निर्णय गरेका थिय ।
शिक्षकहरुले विद्यालय बन्द गरेर आईतबार देखी नगरपालिकाको कार्यालयमा रिले अनसन बसेका थिय ।
आफूहरुको माग पूरा नहुञ्जेलसम्म रिले अनसन बस्ने निर्णय गरिएको प्रधानाध्यापक सुवोध यादवले बताए । तलब निकासाको लागि पटक पटक आग्रह गरेपनि नगरपालिकाले कुनै वास्ता नगरेपछि बाध्य भएर आफूहरु अनसन बसेको यादवको भनाइ रहेको छ ।
नगरपालिकाले गत साउन महिनादेखि नै शिक्षकहरुले तलब नदिएका कारण उनीहरुले पटक पटक बिभिन्न खाले आन्दोलनका कार्यक्रम गर्दे आएका थिए । फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरु विद्यालय बन्द गरेर नै अनिश्चितकालिन आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । यता नगरसभा हुन नसकेका कारण अहिलेसम्म शिक्षकहरुको तलब खुवाउन नसकेको नगर प्रमुख गोपाल राय यादवले बताए । मंसिर महिना भित्र नगरसभा गरि तलब निकासा गर्ने मेयर यादवले प्रतिबद्धता जनाएका छन् ।
नगरपालिकाले नगरसभा गर्न नसकेका कारण शिक्षकहरुले तलव पाउन नसकेको शिक्षकहरुको भनाइ रहेको छ ।