गौर,२४ मंसिर / जिल्ला प्रहरी कार्यालय रौतहटले एक जना फरार अपराधि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएको र हाल सम्म फरार रहेका जग्गा खिचलो मुद्धाको अभियुक्त शेख रहमत करिमलाई पक्राउ गरेको हो ।
आफ्नै गांउमा लुकीछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी सोमबार सम्मानित रौतहट जिल्ला अदालतमा कानुन बमोजिम आवश्यक कारवाहीको लागी पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।