गौर,२५ मंसिर / रौतहटको माधवनारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले जनताको काम भन्दा आफनै काम बनाउने खेलमा लागेका छन ।
नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादवले सर्वसाधारण जनताको सेवा सुविधाका लागि एम्बुलेन्स र बारुण यन्त्र खरीद नगरी आफुलाई बढी फाईदा हुने सवारी साधन डोजर, लोडर, टयाक्ट्र खरिद गरेपछि यसको सर्वत्र विरेध हुन थालेको छ ।
नगरपालिकाले नगरवासीको स्वास्थ्यमा कुनै समस्या हुँदा उनको ज्यान जोगाउन सर्वप्रथम एम्बुलेन्स, र आगलगी भएको अवस्थामा त्यसलाई निभाउन एउटा बारुण यन्त्र खरिद गर्नुपर्ने अति आवश्यक भएपनि विकासे बजेट चलाउनको लागि प्रयोग गरिने डोजर, लोडर, टयाक्ट्र लगाएतका सवारी साधान मात्रै खरिद गरेको छ ।
नगर प्रमुख विरेन्द्र यादवले सर्वसाधारणलाई फाईदा हुने सवारी साधा खरिद नगरी आफनै फाईदा हुने सवारी साधान खरिद गरेर मालाग्दी रुपमा नगरपालिका सञ्चालन गरिरहेको नेकपाका जिल्ला सदस्य जयमंगल यादवले आरोप लगाएका छन ।
जनतालाई एम्बुलेन्स र बारुण यन्त्र चाहिको छ तर मेयर यादवले जनताको आवश्यक्तालाई परिपुर्ति नगरी डोजर, लोडर खरिद गरेर कमाउ धन्दामा लागेको नेता यादवले बताए । मेयर यादवले एम्बुलेन्स खरिद गर्ने पटक पटक प्रतिवद्धता जनाएपनि अझै खरिद गर्न नसकेको नेता यादवले बताए । आफुले एम्बुलेन्स र बारुण यन्त्र खरिद गर्न नगर प्रमुख यादवलाई पटक पटक आग्रह गरेपनि कुनै सुनुवाई नगरेको उहाँले बताउनुभयो ।
नगरपालिकामा एउटा पनि सार्वजनिक एम्बुलेन्स नहाँदा नगरवासीको समयमा अस्पताल नपुगी अकालमै ज्यान गुमाउनु परिरहेको छ ।
त्यस्तै बारुण यन्त्रको अभावमा पनि प्रत्येक वर्ष आगलागीबाट लाखौको धनमालको क्षति हुँदै आएको छ ।
आम जनताको प्रत्यक्ष फाईदा हुने सवारी साधन खरिद नगरी आफुलाई फाईदा हुने गाडी खरिद गरेपछि नगरवासी मेयर यादवप्रति आक्रोसित भएका छन ।