बृन्दावन,२६ मंसिर / रौतहटमा खुल्याम रुपमा मदिरा बनेपनि प्रहरीले रोकने प्रयास नगरेको स्थानियले बताउछन ।
जिल्लाको बृन्दावन नगरपालिका वडा–१ स्थित बलरीको भोटेटोलमा खुल्याम रुपमा मदिरा बनेपनी प्रहरीले रोकने प्रयास नगरेको स्थानियले बताएका छन । उनिहरुले कच्चा पदार्थबाट मदिरा उत्पादन गर्ने गरेको हो ।
सो गाउमा मदिरा उत्पादन भएपछि बच्चा देखी ठुलाबडा सम्मले मदिरा सेवन गर्ने गरेको बुद्धिजिविहरुले बताएका छन् ।
बलरीको भोटेटोलको मदिरा सेवन गर्न जिल्लाको विभिन्न स्थानबाट मदिरा सेवन कर्ताहरु आउनेगरेको स्थानीयले बताएका छन् ।
स्थानीयले सो गाउमा बनिरहेको मदिरा तत्काल रोकनु पर्ने बताए ।
मदिरा बनाउन रोक्ने विषयमा स्थानीयले बिश्रामपुर प्रहरी चौकीमा पटक–पटक जानकारी गराएपनि प्रहरीले कुनै वस्था नगरेको स्थानीय वसिन्दाले बताएका छ्न ।
मदिरा उत्पादनले समाजमा मदिरा सेवन गर्नेक्क संख्या बढ्दै जान्थालेका स्थानीयले बताएका छ्न । मदिराको उत्पादनले पछिल्लो समय बलरीमा चोरीको घटना बढदै गएको बुद्धि जिविहरुको बनाई रहेका छ्न । स्थानीय वासिन्दाले बताए अनुसार विश्रामपुर प्रहरी चौकीका प्रहरीहरुले मदिरा उत्पादन गर्नेहरुसंग मोटो रकम लिनेगरेको स्थानीयले आरोप समेत लगाएका छ्न ।
सो टोलबाट मदिरा ओसार पसार गर्नेसंग प्रहरीले लिने गरेको स्थानियले बताएका छन् । यता छिमेकी नगरपालिका चन्द्रपुर अबको केही महिना भित्र मदिरा मुक्त बन्ने भएपनी बृन्दावनको विभिन्न स्थान लगायत किराना पसलहरुमा पनि खुल्याम मदिरा बिक्री वितरण भईरहेको छ । सम्बन्धीत निकायले सो क्षेत्रमा अनुगमन गर्नुपर्नेमा स्थानीय बासिन्दाले जोड दिदै आएका छन् । मदिराका कारण सो स्थानमा कयौ पटक झगडा समेत हुने गरेको स्थानियले बताएका छन् ।