कटहरिया,२९ मंसिर / रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर ९ डुमरीयामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजको क्रसिङ सिजन यस वर्षका लागी शुरु भएको छ । गत क्रसिङ सिजन २०७५÷०७६ मा इन्डस्ट्रिजले करिब ४ लाख उखु क्रसिङ गरेको थियो । पहिलो क्रसिङ सिजनको उखु कृषकको भुक्तानी गरिसकेको र केही कृषकहरुको बक्यौता रकम बाकी रहेको इन्डस्ट्रिजका संचालक बैजु बाबराले बताए । उखु किसान समयमा बैक खाता नखोलेका कारण भुक्तानी गर्न अप्ठयारो भएको बताए । उखु कृषकलाई बारम्बार पत्रपत्रिका, एफएमबाट बैक खाता खोली चिनीमिलको कार्यलयमा जानकारी गराउन भनिएपनि उखु कृषकहरुले समयमै बैक विवरण चिनी मिलको प्रशासनमा उपलब्ध गराउन नसकेको हुनाले केहि कृषकहरुको बक्यौता रकम भुक्तानी दिन बाकी रहेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा गत वर्ष स्थापना भएको चिनीमिल शुरुवात भएको सिजनमा नया“ मेसिनरीहरु भएकोले केही त्रुटी तथा बाधा व्यबधान उत्पन्न भई सूचारु निरन्तर हुन नसकेको कारणले इन्डस्ट्रिजलाई घाटा व्यहोर्नुपरेको संचालक बाबराले बताए । तर वर्तमान क्रसिङ सिजनमा त्यस्तो अवस्था नआउन दिन देश तथा छिमेकी राष्ट्र भारतबाट विषेशज्ञहरुलाई निरीक्षण गर्न लगाई चिनीमिल संचालन गरेको बाबराले बताए ।
आ.व. २०७६÷०७७ मा करिब २० लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखी चिनी मिल शुरु गरिएको छ । चिनी मिलको क्रसिङ सिजन शुरु संगै स्थानीय उंखु किसान खुसी भएका छन् । यता जिल्लाको मध्य भाग गरुडामा रहेको श्रीराम सुगर मिल्सले किसानको रकम नदिएपछि किसानहरु चिन्तित बनेका छन् । श्रीराम सुगर मिलसंग कारोबार गरेका किसानहरुले सिंह दरवार सम्म पुगेपनि उनिहरुले आ–आफ्ने रकम नपाएको गुनासो गरेका छन । श्रीराम सुगर मिल्स गरुडा एवं चिनी उत्पादक उधोगीले पछिलो एकदशक देखी यस्तै बदमासी गर्दैआएका छन । एकपटक लिएको उखुको बर्षौसम्म भुक्तानी न दिनेगरेकाले हजारौं उखु उत्पादक किसान कठिनाईमा पर्दै आएका छन ।