ओम प्रकाश यादव ,२९ मंसिर / रौतहटको दोश्रो विकास प्रेमी नेता एवं प्रदेश नं २ को भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले रौतहट स्थित एक विद्यालयमा सयौ थान साईकल वितरण गरेका छन । कृषि राज्य मन्त्री यादवले जिल्लाको दुर्गा भगवती गाउपालिका स्थित श्री सरस्वती माध्यमिक विद्यालय पिप्रा भलोहियामा कक्षा ८ मा अध्ययनरत १४५ जना छात्राहरुलाई साईकल वितरण गरेका हुन । विद्यालयको प्रांगनमा आयोजित एक कार्यक्रमका विच मन्त्री यादवले छात्राहरुलाई उक्त साईकल वितरण गरेका हुन । प्रदेश सरकारको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत प्रत्येक सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गर्ने कार्यक्रम अनुसार सरस्वती मावि पिप्रा भलोहियामा मन्त्री योगेन्द्र यादवले बालिकाहरुलाई १४५ थान साईकलि वितरण गरेको हो । साईकल वितरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवले सरस्वती मावि भलोहियाको नवनिर्मित भवनमा झयाल र ढोका पनि लगाईदिने बताएका छन । आफनो संसदीय कोषको बजेटबाट यसै वर्ष उक्त विद्यालयको नवनिर्मित भवनमा झयाल र ढोका लगाउने मन्त्री यादवले बताउनुभयो । रौतहट क्षेत्र नं १ को ख विधान सभाका सांसद समेत रहनुभएका कृषि राज्य मन्त्री यादवले छोरीहरुलाई साइकल राख्नको लागि एउटा साईकल स्टेण्ड पनि बनाईदिने उद्धघोष गरेको मन्त्री यादवका विकास प्रतिनिधि राम नरेश यादवले जानकारीदिनुभयो ।