धनुषा,२९ मंसिर / धनुषाको शिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन् । विस्फोट गराएको आशंकमा शनिबार हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नगरपालिका–१ का राम सुदित साह धानुकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले पक्राउ परेकामाथि अनुसन्धान थालिएको बताए । क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्रत बडा नम्बर ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुंदा राजेश, उनका २४ वर्षीय छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो ।