चन्द्रपुर,२९ मंसिर / रौतहटका स्थानीय तहमा जनप्रतिनिधिबीचको विवादका कारण विकास बजेट खर्च हुन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा स्थानीय सरकारको पूंजीगत बजेट खर्च शून्यप्रायः छ । जिल्लाका अधिकांश स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच विवाद तथा द्वन्द्वको स्थिति बढे्को छ । विवादकै कारण केही स्थानीय तहले परिषद् समेत गर्न बा“की छ । जिल्लाको बोधीमाई, राजदेवी र राजपुर नगरपालिकाले समयमा बजेट ल्याउन नसककाले अनुदान रोक्का भएको छ । अन्य स्थानीय तहमा भने प्राविधिकमार्फत योजना छनोट, उपभोक्ता समिति गठन, ठेक्का प्रक्रिया लगायत कार्य नबढ्दा विकासका लागी बएको बजेट खर्च शून्य छ । नगर प्रमुख र उपप्रमुखबीचको विवादले देवाही गोनाही, फतुवा विजयपुर, गरुडा, दुर्गाभगवती लगायत स्थानीय तहमा विकास बजेट खर्च हुनै सकेको छैन । गरुडा नगरपालिकाका प्रमुख इनुराय यादव र उपप्रमुख रंगीलादेवी जैसवालबीचको विवादले विकास बजेट खर्च हुन सकेको छैन । उक्त नगरपालिकाको विकास बजेट १४ करोड रुपैया भए पनि खर्चको प्रगति शून्य छ । जनप्रतिनिधिबीचको विवादले स्थानीय तहमा अनुदान रोकिनु र विकास बजेट खर्च न्यून हुनु दुःखद रहेको चन्द्रपुरका स्थानीय वासिन्दाहरुले बताए । विकासका कामले गति नलिदा सर्वसाधारण नागरिक स्थानीय सरकारप्रति निराश हुन थालेका छन् । जनप्रतिनिधिबीचको विवादका कारण प्रमुख प्रशासकीय अधिकृत समेत समस्यामा छन् ।