मौलापुर,२९ मंसिर / स्थानीय तहले लगाएको र बढाएको करका कारण मुलुकभर आलोचना भइरहेका बेला रौतहट जिल्लाको मौलापुर नगरपालिकाले भने उदाहरणीय काम गरिरहेको छ । मौलापुर नगरपालिकाले त मालपोत कर पनि लिने गरेको छैन् । मौलापुर नगरपालिकाबाट प्रदान गरिने सेवाहरू निस्शुल्क रहेको छ । यस नगरपालिकाले पञ्जिकरण, जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाईसराई दर्ता, नाता प्रमाणित, विभिन्न खाले सिफारिश देखि लिएर मालपोतसम्मको सेवामा कुनै कर लगाएको छैन । जबकी रौतहटकै अन्य स्थानीय तहहरुमा हरेक शीर्षकमा कर लिने गरिएको छ । मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले जनतालाई धेरै आर्थिक भार पर्न नदिन नगरबाट दिइने सेवाहरु निस्शुल्क बनाइएको बताइन् । उनले भनिन, ञजनतालाई अधिकार सम्पन्न बनाउन नै हामीले मुलुकलाई संघीय संरचनामा लगेका हौ ।