पुस १, पर्सा / पर्साको पोखरिया नगरपालिकामा वडा नम्बर ४ र ५ मा सोमबार राति ११ ठाउँमा आगलागी भएको छ। साढे ९ बजेतिरदेखि शुरु भएको आगो श्रृंखलाबद्ध रुपमा ११ ठाउँमा लागेको हो। पोखरिया नगरपालिकाको वडा नम्बर ५ सतबरियामा परालको कुन्यूबाट शुरु भएको आगो मंगलबार बिहान राती १ बजे सम्म लागेको थियो। वडानम्बर ५ बाट सुरु भएको आगो अन्तिममा पोखरिया वडा नम्बर ४ पोखरिया बजार क्षेत्रसम्ममा फैलिएको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले बताए। ९ बजेर १५ मिनेटमा पोखरिया ५ को सतबरियाका प्रेम रामको परालमा पहिले आगो देखा परेको थियो। त्यो निभाउँन दमकलसहितका मानिस पुग्दा अलि पर जमुना साह तेलीको परालमा नै आगो देखियो। त्यो निभाउँदा विनोद बाबाको झुपडी, हुँदै पोखरिया ४ को चोकट राउत डोमको झुपडी, प्रेम रामको घुम्ती पसल र भरत सिंहको घरसम्म आगो पुग्यो। आगो जताजता देखियो उतै निभाउँदै गयौं उनले भने। एकै रातमा शृंखलाबद्ध रुपमा अलग–अलग ठाउँमा लागेको आगोलाई पोखरिया र वीरगन्ज महानगरपालिकाबाट गएका दमकल र स्थानीय, प्रहरी, प्रशासनले राती १ बजेतिर नियन्त्रणमा लिएको नगरप्रमुख रौनियारले बताए।