रौतहटमा हतियार सहित ३ जना पक्राउ
गौर,२ पुस ।सशस्त्र प्रहरीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ । रौतहट जिल्लाको राजपुर नगरपालिका ३ दमार मा चेकजाच गर्ने क्रममा कटुवा पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल सुरक्षा बेश फतुवाबाट खटि गएको सशस्त्र पहरी निरीक्षक दिल बहादुर रायमाझीको कमाण्डमा गएको टोलीले एक थान पेस्तोल र त्यसमा लाग्ने २ थान गोली सहित ३ जनालाइ पक्राउ गरेको हो ।
बारा सुवर्ण गाउपालिका ६ बस्ने अन्दाजी वर्ष ३७ को उमेश्वर यादव,रौतहट परोहा नगरपालिका ६ बसन्तपट्टी बस्ने अन्दाजी वर्ष ३८ को राम आधार साहर परोहा नगरपालिका ४ लौकाह बस्ने अन्दाजी वर्ष ६६ को छोटेलाल साहलाई पक्राउ गरेको सशस्त्र प्रहरीको ११ नम्बर गण रौतहटले जानकारी दिएको छ ।