चन्द्रपुर,४ पुस / पाठय पुस्तक,छात्रबृती,खाजाभता,दलित छात्रबृती,भवन निर्माणको नाउमा निकासा हुने रकम शिक्षकहरुले खानेगरेको समाचार रौतहटको लागी नया“ होइन । यस्ता अनियमितताका समाचार दैनिक समाचार बिभिन्न माध्यममा प्रकासन तथा प्रसारण भईरहेको देखिन्छ । तर स्थानियतहका शिक्षकको हक हितका लागी कामगर्ने उदेस्यले तोकिएका एकजना शिक्षा संयोजनले आफ्नै सहकर्मी शिक्षकहरुको भता पारिश्रमिक बापतको लाखौंरुपैया“ अनियमितता गरेको घटना बाहिर आएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका नेपाली कांग्रेसका मेयर गोपाल प्रसाद यादवको अतिनजिक मानिएका शिक्षा संयोजक बुनिलाल प्रसाद यादवले आफ्नै सहकर्मी साथीको पारिश्रमीक रकम गायब पारेको घटना सार्वजनिक भएको हो । फतुवा बिजयपुर नगरपालिकाका शिक्षा संयोजक बुनिलाल यादवले आफनै सहकर्मी शिक्षकहरुको पारिश्रमिक बापतको खालौं रुपैया“ गायब गरेको पिडित शिक्षकहरुले दावी गरेका छन । गत अषाढ मसान्तमा शिक्षकको पारिश्रमिक बापत नगरपालिका बाट निकासा गराएको लाखौंरुपैया संयोजक बुनिलालले कसैलाई जानकारी नदिई ब्यक्तीगत खर्चगरेको शिक्षकहरुको दावी छ ।
गत आर्थिकबर्षमा नगरक्षेत्र अन्तरगतका २९ वटा बिधालयमा पटक–पटक गरी भएको पांचवटा परिक्षा सञ्चालन भएको थियो । परिक्षमा गार्डका रुपमा खटेका शिक्षक र बिधार्थीको उतर पुस्तिका जा“चगर्ने शिक्षकको पारिश्रमिक स्वरुप फतुवा बिजयपुर नगरपालिका गत अषाढ मसान्तमा कुल ४ लाख ३९ हजार रुपैया“ निकासा गरेको थियो । शिक्षा संयोजक बुनिलाल प्रासद यादव र तत्कालिन प्रशासकिय अधिकृत रञ्जना साह संग मिलेर उक्त रकम निकासा गराई गायब गरेको शिक्षकहरुले बताएका छन । केहीदिन अघि शिक्षकहरुको तलवको माग गर्दै फतुवा बिजयपुर नगरपालिका अगाडी धर्ना बस्दा केही शिक्षकले परिक्षाको पारिक्षमिक हालसम्म नपाएको भनी मेयर गोपाल प्रसाद यादव संग गुनासो गरेका थिए । सोही समय मेयर यादवले शिक्षकको परिक्षाको पारिश्रमिक बापतको रकम अषाढ मसान्तमै निकासा दिएको बताएपछि उक्त ४ लाख ३९ हजार रुपैया“ शिक्षा संयोजक यादवले गायब गरेको बारे आफुहरुले चाल पाएको एकजना पिडित शिक्षक अशोक जयसवालले बताएका छन ।