गौर,५ पुस / प्रदेश २ का भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल कुमारी झाले गृह जिल्ला रौतहटमा शुक्रबार छात्राहरुलाई साईकल वितरण गरेकी छिन ।
राज्य मन्त्री झाले शुक्रबार एक कार्यक्रमका विच जिल्लाको क्षेत्र नं १ को ख विधानसभा अन्तर्गत रहेको दुर्गा भगवती गाउपालिकाको मत्सरी स्कुलमा अध्ययनरत ४४ जना छात्राहरुलाई साईकल वितरण गरेकी हुन । प्रदेश २ सरकारको बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत कक्षा ८ मा पढने ४४ जना छात्राहरुलाई साईकल वितरण गरिएको राज्य मन्त्री झाले बताईन ।
आयोजित साईकल वितरण कार्यक्रममा राजपा क्षेत्र नं १ विधानसभा ,ख, का अध्यक्ष एवं युवा नेता संजिव कुमार यादव लगाएतको सहभागिता रहेको थियो ।