रौतहटमा १६ नगरपालिका र २ गाउंपालिका रहेको छ, । जप्रतिनिधि चयन भएसंगै उनीहरुले आफनो कार्यकाल लाई नगरक्षेत्रमा कस्तो बिकास योजना दिदै छन । जनताको जीबनस्तर संग जोडिएका बिषय र सम्बृद्ध नगरको योजना लाई लिएर वृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही राय यादव काममा लागेका छन् । उनले आफ्नै कार्यकालमा बृन्दावन नगरपालिकालाइ अन्य नगरसंग जोडने रिङरोड बनाउने आफ्नो योजना रहेको सुनाए । आफ्नो कार्यकालमा प्राथमिकतामा पिच रिङ रोड बनाउने रहेको यो काम आफ्नै पालामा सक्ने योजाना रहेको बताउने यादवसंग तराई एक्सप्रेसले गरेको कुराकानी ।
नगरको समग्र विकासका लागि तपाईंका योजना केके छन् ?
नगर विकासका लागि गाविस हुदादेखिकै योजनाहरू छन् । सविकका ५ ओटा गाविस गाभियर बनेको यस नगरपालिका विकासको दृष्टिकोणले पछाडि परेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडकलगायतका योजनामा यस नगरपालिका पछाडि रहेकाले यसलाई नै प्राथमिकता दिएका छौं । भौतिक पूर्वाधारतर्फ पनि समस्या रहेकाले योजनामा समावेश गरिएको छ । यस नगरपालिकाको प्राथमिकताको योजना भनेकै विकासका पूर्वाधार हुन् । नगरवासी जनताका चाहनाअनुसारकै योजना रहेकाले पूरा गर्न प्रयास गर्नेछौं ।
यी योजनामध्ये प्राथमिकताका योजनाहरू केके हुन् ?
यी योजनामध्ये विशेष प्राथमिकता शिक्षा हो । विद्यालय बाहिर रहेकालाई विद्यालय पढाउन पठाउने वातावरण सृजना गर्ने काम गरिरहेका र्छौं । विपन्न, दलित, जनजाति र पिछडिएका वर्गलाई विद्यालयको पहुचमा पुर्याजउनु नै पहिलो प्राथमिकता छ । दोस्रोमा स्वास्थ्य पर्छ । स्वास्थ्य बीमादेखि स्वास्थ्यचौकीको स्तरीकरण गर्नेलगायत स्वास्थ्य संस्थामा पुगेका बिरामीलाई सहज र सरल सेवासुविधा दिनेतर्फ नगरपालिकाले ध्यान दिएको छ । तेस्रोमा खानेपानी तथा सरसफाइलाई प्राथमिकतामा राखेका छौं । यस नगरपालिकामा रहेका सडकहरू जीर्ण रहेकाले स्तरोन्नतिको योजना बनाएका छौं । र मेरै पालामा बृन्दावन नगरपालिकासंग जोडिएका अन्य नगरसंग यस नगरका बासिन्दालाइ आवत जावतमा सहजताहोस भन्नका लागि रिङ रोड बनाउने अभियानमा लागेका छौ । यो काम मेरै पालामा सक्ने योजनामा छौ ।
कर्मचारी र जनप्रतिनिधि बिच कस्तो तालमेल छ त ?
तालमेल त राम्रै छ, तर यहा“ केही समय पहिला भएको कर्मचारी समायोजनाका कारण कर्मचारी अभाव रहेको छ । एकजना वडा सचिवले २ वटा वडा हेर्नुपर्ने बाध्यता रहेका कारण समेत नगरवासीको काम सहज रुपमा हुन सकेको छैन् । कर्मचारी अभावका कारण समस्या छ ,अरु त केही छैन ।
अहिले स्थानीय तहले स्थानीय सरकारको रूपमा भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था छ, यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्न केके चुनौती देख्नुहुन्छ ?
स्थानीय तहको निर्वाचन भएपछि मात्र यस क्षेत्रका बासिन्दाले नगरपालिका भएको अनुभूति गरेका छन् । तर यो नगर सरसर्ती हेर्दा नगरपालिका जस्तो छैन । यसलाई हामी नगरपालिका जस्तो बनाउने अभियानमा लागेका छौ । अझै नगरपालिकाको भौतिक संरचनाको भने अभाव छ । यसका कारण कार्यसम्पादनमा समस्या छ । यसअघि गाविस हुदा जथाभावी रूपमा घर बनाउने गरेको भए पनि अहिले नगरभित्र घर बनाउदा अनिवार्य रूपमा नक्सापास गर्नुपर्ने प्रावधान छ । त्यसका लागि नगरपालिकामा इञ्जिनीयर, ओभरसियर र अमिनको अभाव छ ।
स्थानीय तहमा राजनीतिक दलहरूलाई विकासको मुद्दामा सहभागी बनाउन तपाईंको भूमिका के हुन्छ ?
राजनीतिक दलमा आबद्ध भएका कारण नै स्थानीय तहमा निर्वाचि भएकाले राजनीतिक दललाई बेवास्ता गर्न मिल्दैन । प्रय सबै दलका साथिहरु बिभिन्न पदमा निर्वाचित भएर आएका छन् ।
तपाईंको नगरलाई अन्यभन्दा फरकरूपमा विकास गर्न नगरमा भएका सम्भावनाका क्षेत्रहरू केके हुन् ?
यस जिल्लामा १६ ओटा नगरपालिका र २ ओटा गाउपालिका छन, जसमध्ये एक नगरपालिका वृन्दावन पनि हो । यस नगरपालिकालाई अन्यको तुलनामा फरक बनाउन धेरै स्रोत र साधनहरू छन् । विशेष गरी वनजंगल र बाग्मती नदीलाई नै संरक्षण र प्रवद्र्धन गर्न सकेमा पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ । यस्ता पर्यटकीय सम्भावनाका स्थानहरू यस नगरपालिकाभित्र धेरै छन् । त्यस्ता स्थानको पहिचान गरी विकास गर्दै लैजाने योजनामा नगरपालिका छ । यसले नगरपालिकाको सौन्दर्य बढाउनुका साथै आन्तरिक आयमा समेत वृद्धि हुन्छ ।
जनप्रतिनिधि कर्मचारीसंग समन्वयको समस्या छ कि छैन ?
विस्तारै उनीहरूले जनप्रतिनिधिसंग गर्ने व्यवहार र कार्यको बारेमा थाहा पाउन थालेका छन् । जनप्रतिनिधिसंग गर्ने कार्यको अनुभव कर्मचारीमा हुदै गएकाले यस नगरपालिकामा जनप्रनिधि र कर्मचारीबीचको समन्वय राम्रो छ । समन्वयमा समस्या हुदैन । यद्यपि, समस्या भएमा त्यसको समाधान गर्दै नगरवासीको हितमा नै कार्य हुनेछ । नगरवासीको विकासमा कर्मचारी र जनप्रतिनिधि दुवैले सक्रिय भूमिका निर्वाह गर्नेछन् ।