समभु पण्डित
जनकपुरधाम,७ पुस । अप्पन मिथिला सेवा समाज नेपाल द्वारा सबैलामा ३ महिना सिलाइ कटाइ तालिम सम्पन्न लगतै १५८ सिलाइ मसिन प्रमाण पत्र बितरण कार्यक्र सम्पन्न भएको छ ।
वैदेशिक रोजगारीको क्रममा विदेशमा बस्दै आएका युवाहरुको समूह अप्पन मिथिला सेवा समाज नेपालद्धारा सिलाई कटाई तालिम सुरु गरिएको थियो ।
सोमबार एक कार्यक्रमका बिच सिलाइ मसिन सहित प्रमाणपत्र बितरण गरिएको थियो ।
धनुषाको सबैला नगरपालिका अन्र्तगतको ठिल्ला, भठियन, मखनाहा, खरिहानि र पठेर्वामा सिलाई कटाई तालिम सम्पन्न लत्तै सिलाइ मसिन बितरण कार्यक्रम गरेको भएको थियो । नगरपालिकाको वडा नं. ८, ९ ,५, ४ र १० मा सिलाइ कटाइ मसिन बितरण गरिएको हो ।
प्रदेश २ धनुषाको सात जिल्लामा संचालित धनुषा,सिरहा, सर्लाही ,महोत्तरी सात देशमा संस्था रहेको छ नेपाल कतार दुबइ मलेसिया मालदिपस सउदि लगायत अन्य रहेको मिथिला सेवा समाज नेपाल का अध्यक्ष मनसाराम यादवले बताए । तालिम पछि उनीहरु स्थानीय स्तरमा आत्मनिर्भर हुने विश्वास लिइएको हो ।
सो सिलाई कटाई तालिम पुजीगत शिर्षक वर्ग कार्यक्रम अन्तर्गत गत शुक्रबार एक कार्यक्रमकोबीच विधिवत रुपमा सुरुवात गरिएको थियो । अप्पन मिथिला सेवा समाज नेपालका अध्यक्ष मनसाराम यादव कोषाअध्यक्ष सतिश कापर, सचिव पप्पु मिश्रा ,उपाध्यक्ष भरत यादव लगायत रहेका थिय । नगरपालिकाका मेयर बिजय शंकरप्रसाद साह उपमेयर निलु देबि , वडा सदस्य सहित गाउका बुद्धिजीवी लगायतका उपस्थित रहेको थियो ।