ओम प्रकाश यादव
चन्द्रपुर,९ पुस । निकै लामो समयदेखी हुदै आएको वादविवादपछि रौतहटको दुई वटा स्थानीयतहको नगरसभा हुने टुंगो लागेको छ ।
१६ वटा नगरपालिका र दुईवटा गाउँपालिका गरी १८ वटा स्थानीयतह रहेको रौतहटको १६ वटा नगरपालिका र गाउँपालिकाको नगर परिषद सम्पन्न भईसक्दा पनि दुई वटा नगरपालिकाको नगरसभा अझै हुन सकेको छैन ।
जिल्लको पच्छिमी भेग स्थित रहेको फतुवा विजयपुर र दक्षिणी भेग स्थित रहेको बौधीमाई नगरपालिकाको नगरसभा विभिन्न कारणले गर्दा अहिलेसम्म पनि हुन सकेको छैन ।
जिल्लाको फतुवा वियजपुर र बौधीमाई नगरपालिकाको नगर परिषद एकै दिन हुन लागेको छ ।
फतुवा विजयपुर र बौधीमाई नगरपालिकाको नगरसभा यहि पौष ११ गते हुन गईरहेको छ ।
सरकारले तोके अनुसार असाढ मसान्त भित्रमै सबै पालिकाले नगर परिषद गरिसक्नु पर्नेथियो तर जनप्रतिनिधिहरु बीच कुरा नमिल्दा ८ महिना ढिलो गरी अगामी ११ गते शुक्रवारका दिन उक्त दुईवटै नगरपालिकाको नगरसभा एकै दिन हुने तय भएको छ ।
अहिलेसम्म नगरसभा हुन नसक्दा फतुवा विजयपुर र बौधीमाई नगरपालिकाको विकास निर्माणका कामकाज प्रभावित भएको छ भने शिक्षक र कर्मचारीहरु अझै तलव खान पाएका छैनन ।