ओम प्रकाश यादव, रौतहट, ११ पुस । दुईवटा नगरपालिकाको तेश्रो नगरसभा आज एकै साथ सम्पन्न भएको छ । असाढ मसान्तमै हुनुपर्ने नगरसभा आठ महिना ढिलो गरी आज मात्र समपन्न भएको छ ।
जिल्लाको फतुवा विजयपुर र बौधीमाई नगरपालिकाको तेश्रो नगर परिषद आज भव्याताका साथ सम्पन्न भएको छ ।
नगरपालिकाकै प्रांगनमा एक कार्यक्रम गरी दुवै नगरपालिकाले आफना नगरसभा सम्पन्न गरेको छ ।
कार्यक्रममा फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल प्रसाद यादवले यस चालु आर्थिक वर्ष २०७६÷७७ को लागि अनुमानित ५० करोड ४१ लाख ७० हजार तिन सय २३ रुपैया आय व्यय प्रस्तुत गर्नुभएको छ ।
संघिय र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, राजश्व बाँडफाँड, सर्शत अनुदान, विशेष अनुदान, समपूरक अनुदान गरी ५० करोड भन्दा बढी बजेट नगरको समग्र विकासका लागि प्रस्तुत गरिएको मेयर यादवले बताउनुभयो ।
यसैैविच बौधीमाई नगरपालिकाले पनि यस चालु आर्थिक वर्षको लागि करोडौ रकम विनियोजन गर्दै तेश्रो नगरसभा सम्पन्न गरेको छ ।
बौधीमाई नगरपालिकाका नगर प्रमुख राजीव रंजन यादवले चालु आर्थिक वर्षको लागि ४२ करोड २० लाख ५४ हजार ३ सय ८६ रुपैया आय व्यय प्रसतुत गर्नुभएको छ ।
संघिय र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, राजश्व बाँडफाँड, सर्शत अनुदान, विशेष अनुदान, समपूरक अनुदान गरी ४२ करोड भन्दा बढी बजेट नगरको समग्र विकासका लागि प्रस्तुत गरिएको मेयर यादवले बताउनुभयो ।
असाढ मसान्तमै सबै पालिकालाई नगरसभा गरिसक्नुपर्ने थियो तर जनप्रतिनिधि विच रहेको विवाद लगाएत विभिन्न कारणले हुन नसकेको फतुवा विजयपुर र बौधीमाई नगरपालिकाको नगरसभा आज मात्र सम्पन्न भएको छ
रौतहटमा रहेको १८ वटा स्थानीयतह मध्ये १६ वटा स्थानीय तह यस अघि नै नगर परिषद गरिसकेको छ ।