ओम प्रकास यादव ,गरुडा,१५ पुस / विभिन्न चरणका संघर्ष र आन्दोलनसंगै नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरू हुदै गए ।
राणाशासन, पञ्चायत, राजतन्त्रलाई तिलाञ्जली दिंदै अहिले हामी संघीय लोकतान्त्रिक गणतत्रात्मक नेपालमा संविधानसभाबाट बनेको संविधानको कार्यान्वयनको चरणमा अगाडि छौं ।
राजनीतिक रूपमा जे–जति परिवर्तनहरू देखिए पनि सामाजिक रूपमा हामी अहिले पनि पछाडि नै छौं भन्ने विभिन्न सामाजिक कुरीतिबाट प्रष्ट हुन्छ र यसको ज्वलन्त उदाहरण बालविवाह, बहुविवाह, दाईजो प्रथा, बोक्सी प्रथा, चेलिबेटी बेचबिखन, छाउपडी प्रथा लगायतका हुन ।
त्यसमध्ये दाईजो प्रथा विशेष गरी तराई मधेशमा मात्र नभइ सर्वत्र व्याप्त रहेको पाईन्छ । मधेशमा दाईजोलाई दहेज भनिन्छ । यसले मधेशमा मात्र होईन देशभरी नै भयानक अवस्था सिर्जना गरेको छ । दाईजो लिने दिने प्रवृतिका कारण खास गरेर गरिव समुदायलाई सबभन्दा बढी समस्या हुने गर्दछन ।
तराई मधेशमा कसैको घरमा छोरीको विवाहको कुरा चल्दा संगसंगै दाइजोको पनि कुरा उठ्छ । दाईजो लिनु दिनु गैह्र कानुनी भएपनि यो चलन अझै पनि हट्न सकेको छैन ।
दाईजो लिन वा दिन नपाईने, कसैले कानुन विपरित दाईजो लिए दिएको पाईएमा कारवाही हुने कानुनी व्यवस्था भएपनि यो अझै कार्यान्वयनमा छैन ।
विशेषगरि प्रदेश नम्बर २ मा दाईजो प्रथा हट्न सकेको छैन । कति ठाउमा केटा पक्षले केटी पक्षलाई सिधै तोकेर नै दाईजो माग्ने गरेका छन् । केहि नदिईकन खाल्ही हात छोरीलाई विहे गरेर पठाउदा मान्छे के भन्लान भन्दै छोरीलाई केहि न केहि दिएरै पठाउनुपर्छ यो रहर नभएर बाध्याता भएको गरुडाका जितन मुखियाले बताउनुभयो ।
दाईजोका कारण सबभन्दा बढी गरिव परिवार समस्यामा पर्ने गरेका छन । दाईजोले धेरैलाई ऋदाईजोका कारण धेरैलाई घर घडेरी पनि बेच्नुपर्ने अवस्था रहेको छ । त्यस्तै कतिपयले त दाईजो नदिएकै कारण महिलाईहरुलाई निर्वाध रुपमा हत्या गर्नुका साथै घर निकाला गर्ने र कुटपिट गरी अगंभंग समेत गर्ने गरेका छन । दाईजोका कारण तराईमा वर्षेनी कयौ महिलाले ज्यान गुमाएको पनि उदाहरण छ । दाईजो दिनको लागि पैसा नहुनेहरु त खाडी मुलुकमा गएर दुख गर्न बाध्य रहेका छन ।
छोरीलाई आफुखसी छोरा सरह सम्पति दिनुलाई गलत मान्न सकिदैन तर केटा पक्षबाट तोकेर नै दाईजो माग्नाले यसले समाजमा अरु थरीका बिकृती निम्त्याउन सक्ने खतरा पनि छ । व्याप्त रहेको दाईजोप्रथा, बहुविवाह, बालविवाह लगाएतका कुरुति र कुसंस्कारलाई जराबाट नै समाप्त गर्न नगरपालिकाले विशेष अभियान नै चलाउने तयारी गरेको कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले तराई एक्सप्रेससंग बताउनुभयो ।
दाईजो प्रथा अन्त्यका लागि जनचेतना स्तर बृद्धि गर्नुका साथै बनेका कानुन कार्यान्वयनमा पनि जोड दिएपछि मात्रै यो प्रथाको अन्त्य हुने जानकारहरुको विश्वास छ ।