चन्द्रपुर,१८ पुस / नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाका प्रमुखलेनै सेवाग्राहीलाई दुख दिने गरेको गुनासो बढदै गएको छ । सो कार्यलयका प्रमुख र ईन्जिनियरले सेवाग्राहीलाई दुख दिने गरेको गुनासो व्यापक रुपमा बढदै जान थालेको छ ।
प्राधिकरणको चन्द्रपुर शाखामा केही महिना पहिला रामअयोध्या राय यादव सरुवा भएर आय देखनै सेवाग्राहीले सास्ती खेप्नु परेको स्थानीयको भनाई रहेको छ । समान्य काममा समेत अतिरिक्त रकम कार्यलय प्रमुख यादव आफैले माग्ने गरेको स्थानि बासिन्दा टीका चौधरीले बताए ।
समाचारस्रोतले दिएको जानकारी अनुसार प्रमुख यादव चन्द्रपुर शाखाबाट अबैध रुपमा २५ लाख बराबरको समान खरिदको नक्कली बिल बनाएर रकम निकासा गर्ने तयारी गरेका छन् । जबकि कार्यलयले ती समान खरिदनै नगरेको एक कर्मचारीले जानकारी दिएका छन् । ईन्जिनियर संगिता यादव र प्रमुख राम अयोध्या यादवले यादव बाहेकका कर्मचारीलाई पेलान गर्ने गरेको दुखेसो कर्मचारीले गरेका छन ।
समाननै खरिद नगरी कार्यलयबाट २५ लाख निकासाको कागजातमा यादवले एक अधिकृत स्तरका कर्मचारीलाई सहि गर्न भनेको र ती कर्मचारीले सही गर्न नमाने पछि तल्लो तहका एक कर्मचारीलाई सो कागजातमा सहि गर्न लगाएका छन् ।
यादवका कारण चन्द्रनिगाहपुरमा कार्यलयबाट हुने समान्य काममा समेत घुस दिनुपर्ने बाध्यता रहेको गुनासो लियर सर्वसाधारण आफुकहा आउने गरेको रौतहट क्षेत्र नं ४ का संघिय सासद देबप्रसाद तिमलसिनले बताए । सो बिषयमा प्रमुख यादवसंग उनको कार्यालयको टेलिफोनमा पटक पटक प्रयास गर्दा समेत फोन उठेन ।