चन्द्रपुर,२० पुस / नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरका हाकिमले स्टोक रहेको तार टागंन समेत रकम माग्ने गरेको गुनासो आएको छ ।
चन्द्रनिगाहपुर स्थित नेपाल विद्युत प्राधिकरणमा ५० किलोमिटरलाई पुग्ने तार स्टोक रहेको भएपनि त्यो तार टांग्नका लागि कार्यालय प्रमुख रामअयोध्या राय यादवले नदिएका कारण बिभिन्न गांउका सर्बसाधारण अन्धकारमा बस्न बाध्य रहेका छन् ।
तार टा“गिदिनु परो हजुर भन्दै विद्युतमा आउने जनप्रतिनिधिलाई यादवले यता जा उता जा भनेर दुख दिएको एकजना वडा अध्यक्षले जानकारी दिएका छन् ।
पहिला पहिला हकिमले कर्मचारी मार्फत अबैध असुली गर्ने गरेकोमा पछिल्लो समय यादव आफैले सेवाग्राहीसंग असुली गर्ने गरेको समाचारस्रोतले जानकारी दिएको छ । तराई एक्सप्रेसले गत अंकमा यादवले गरेको अनियमिताको समाचार प्रकाशन गरेपछि यादवले यस्ता समाचारले मेरो केही बिगार्दैन भन्दै लाजै पचाएर फेरी असुलीकै चक्करमा लागेको एक कर्मचारीले जानकारी दिएका छन् । कार्यालयमा स्टोक रहेको तार पनि अबैध रुपमा घुस लिएर मात्र टांग्ने दाउमा यादव लागेका कारण बिभिन्न नगरपालिकाका वडा अध्यक्ष हैरान बनेका छन् ।
यादवले घुस लिएर जनता दुख दिएको कुरा सर्बसाधारण नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहसंग गुनासो गरेपछि साहले यादवलाई चन्द्रनिगाहपुरको गौतम होटलमै बोलाएर गाली गरेका थिय ।