कटहरिया,२० पुस / नयां अध्यक्ष चयन गर्नुपर्ने विषयलाई लिएर त्रिशक्ति जल उपभोक्ता समिति भसेढवा ९ रौतहटको साधारण सभा स्थगित भएको छ । साधारणसभामा नायां अध्यक्षको विषयमा कुरा नमिल्दा साधारण सभा स्थगित भएको हो ।
साधारणसभामा एक पक्षले पहिलाको समितिलाई विघटन गरी नयां समिति चयन गर्नुपर्ने माग गरेको र अर्को पक्षले वर्तमान अध्यक्ष राम प्रवेस राय यादवलाई नै यथावत राख्नुपर्ने अडान लिएपछि साधारणसभा स्थगित भएको हो ।
वडा कार्यालय वा नगरपालिकाको सहमति विना अध्यक्ष चयन गर्न नपाईने भन्दै अनिश्चित कालको लागि साधारणसभा स्थगित भएको कटहरिया नगर विकास समितिका अध्यक्ष एवं समाजसेवी नरेश प्रसाद साहले बताए । यसैविच अध्यक्षकै विषयमा कुरा नमिल्दा आदर्श जल उपभोक्ता समिति भसेढवा ३ को पनि साधारणसभा सभा स्थगित भएको छ । नयां अध्यक्ष चयन गर्नुपर्ने अडान लिएपछि विवाद भई साधारणसभा स्थगित भएको समाजसेवी नरेश प्रसाद साहले बताए ।