उपेन्द्र गोले,
चन्द्रपुर,२१ पुस ।
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारको मुहार फेरिएको छ । बर्षामा हिलाम्मे र हिउदोमा धुलाम्मे हुने गैडाटारका सडकहरु हाल धमाधम कालो पत्रे हुन थालेपछि स्थानिय सो समस्याबाट बञ्चित हुने भएको छ ।
स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात वडा नम्बर ३ गैडाटारका निर्वाचित जनप्रतिनिधिहरुले सडक विस्तारलाई प्राथमिकतामा राखेर सडक विस्तारका साथै कालो पत्रे गरेपछि हिलो र धुलोबाट स्थानिय जोगिने भएका हुन ।
अबको २ बर्षमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ लाई नमुना वडाको रुपमा विकास गरेर देखाउने वडा अध्यक्ष बोझनाथ देवकोटाले दावी गर्नु भएको छ ।
चन्द्रपुर नगरपालिकाको बिकट अनि पिछडिएको वडाको रुपमा चिनिदै आएको यस वडाको मुहार फिरिएपछि स्थानियबासी भने खुशी भएका छन । दुषित् पानी , बिद्युत , सडक , स्वास्थ्य ,शिक्षा , सुरक्षा लगायतका क्षेत्रको अभावका कारण गैडाटारबासी आजित हुदै आएका थिए ।
लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपाल संघिय ढाचामा परिवर्तन भएपश्चात स्थानिय तहको निर्वाचन सम्पन्न भइ जनप्रतिनिधिहरुले स्थानिय सरकार सञ्चालनको जिम्मा पाएपछि यहाका स्थानियको मुहारमा खुशी छाएको हो । विभिन्न समस्याले ग्रस्त गैडाटारमा हाल शुद्ध खानेपानी , कालोपत्र सडक , स्वास्थ्य चौकीको निर्माण , बिद्युत सेवा , सञ्चार क्षेत्र तथा शिक्षामा आमुल परिवर्तन हुनाका साथै सुरक्षाको लागी अस्थायी प्रहरी पोष्ट लगायतका निकायहरुको उचित ब्यबस्थापन समेत भइसकेको छ । गैडाटारबाट चन्द्रनिगाहपुर बजारमा सोमबार र शुक्रबार हप्ताको २ दिन लाग्ने हाड बजारमा दैनिक जीवनमा आवश्यक पर्ने सामग्री खरिद गर्न जानु पर्ने बाध्यता रहदै आएको थियो । तर हाल गैडाटारमा नै हप्ताको २ दिन शनिबार र मंगलबार हाड बजार लाग्न थालेपछि स्थानिय कृषकले समेत ब्याबसाय सञ्चालन गरी आम्दानी गर्न थालेका छन ।
चन्द्रनिगाहपुरबाट गैडाटारसम्म आवतजावत गर्नको लागी पैदल यात्रा गर्नु पर्ने अबस्थाबाट हाल दैनिक हरेक घण्टा अटो , भ्यान सुमो लगायतका सवारी साधनले यात्रा सहज बनाएको छ । चन्द्रनिगाहपुर र गैडाटारको बिचमा पर्ने चादी खोलामा पुल निर्माण कार्य तिब्र गतिमा भइरहेको र यसै आर्थिक बर्ष २०७६÷७७ मा सो पुलको निर्माण कार्य सम्पन्न हुने वडा अध्यक्ष देबकोटाले बताउनु भएको छ । जनताको सेवा गर्छु भनेर बाचा गरेकोले आफुले सकेका हरेक कार्य गर्न कहिल्यै आलटाल नगर्ने अध्यक्ष देबकोटाले प्रष्ट्याउनु भयो । आफुले गैडाटारको भविष्य उज्ज्वल देखेको र सोही अनुसार गैडाटारलाई नगरको मात्र होइन रौतहट जिल्ला कै उत्कृष्ट र नमुना वडा बनाउन योजनासहित अगाडी बढेको उहाको भनाइ रहेको छ ।
चुरे क्षेत्रमा विजुली बत्ती , हरेक घरघरमा एम्बुलेन्सको पहुच , इन्टरनेटको ब्यबस्थापन , अबैध रुपमा चोरी पैठारी भइरहेको नदी दोहन नियन्त्रण गरि राजस्व चुहावट बन्द भइ सरकारी स्वामित्वमा आएको उहाको दावी रहेको छ । गैडाटारमा रहेका कुषकहरुमा आयमुलक कार्यक्रम , कालापानी शहिद स्मृति पार्कको डिपिआर तयार गरि पर्यटकिय स्थलको रुपमा विकास गर्ने र चुरे करिडोर सडक अन्र्तगत नुनथर हुदै अम्लेखगञ्जसम्म विस्तार गर्ने अध्यक्ष देवकोटाले बताउनु भयो ।