चन्द्रपुर,२१ पुस । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बाग्मति नदि वाट निर्माण ब्यबसायीले मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन गरेको छ । निर्माण ब्यबसायीले मापदण्ड बिपरित जथाभावी नदिजन्य पदार्थ उत्खनन् गरी भण्डारण तथा क्रसर उधोगमा विक्रि गरेपछि स्थानिय आक्रोशित भएका छन् । नदिबाट गिट्टि, बालुवा, ग्रयाबेल तथा ढुंगा उत्खनन हुदा बर्षायाममा बाढि गाउबस्तिमा पस्ने त्रास भएको स्थानीयले बताएका छन् । बाग्मति नदिको प्रारम्भीक बातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको भन्दा फरक स्थानबाट नदिजन्य पदार्थ उत्खनन् भएको स्थानीयको भनाई छ ।