चन्द्रपुर,२२ पुस / चन्द्रनिगाहपुरमा रहेका केही सहकारी संस्थाले सहकारीनै आफ्नो निजि जस्तो गरेर संचालन गर्ने गरेको गुनासोे बढेको छ ।
चन्द्रनिगाहपुरमा रहेको चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम समेत समयमा फिर्ता नदिने गरेको गुनासो बढेको छ । एक सामुदायीक विद्यालयका प्रधानाध्यापक अध्यक्ष रहेको सो बचत तथा ऋण सहकारी संस्थाले आफ्नै सेयर सदस्यको बचत रकम समेत समयमा दिएको गुनासो बढदै जान थालेको हो ।
सो सहकारीका ऋण संयोजक समेत रहेका शेख वाहिद अलीको बचत रकम समेत सो संस्थाले पटक पटक ताकेता गर्दा समेत नदिएपछि अली सोमबार सो बिषयमा कुरा गर्न चन्द्रपुर नगरपालिकाको कार्यालयमा गएका थिय । अलिले सो संस्थाले धेरै सर्बसाधारणलाई दुख दिने गरेको र त्यसमा आफु समेत परेको बताउदै सो सहकारी माथि कार्वाहीको माग सहित उनी चन्द्रपुर नगरपालिकामा पुगेका थिय । थाइ शिक्षक लालबाबु कर्ण अध्यक्ष रहेको उक्त सहकारी लामो समय देखी बिवादीत सहकारीका रुपमा चन्द्रनिगाहपुरमा चिनिदै आएको छ ।
बिगत तीन बर्ष देखी आफुले सेयर सदस्यका रुपमा लगानी गरेको पैसा फिर्ताका लागि ताकेता गर्दा समेत कुनै वास्ता नभएको चन्द्रपुर ८ का स्थानीय बासिन्दा तथा सो संस्थाका सेयर सदस्य दिपेन्द्र साहले बताए ।
आफुले जम्मा गरेको बचत रकम लिनका लागि समेत चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्थामा रोटि बेल्नु पर्ने अवस्था आएको भएपनि कुनै निकायले सो संस्थालाई कार्वाहीको दायरामा ल्याउन नसकेको पिडितहरुको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपालिकाको सहकारी शाखा प्रमुख चन्द्रकला बरालले यस्ता सहकारीका कारण राम्रो काम गर्ने सहकारीको समेत बदनाम भएको र चन्द्र सुर्य बचत तथा ऋण सहकारी संस्थाको चार पांचवटा गुनासो आएको बताइन् ।