ओम प्रकाश यादव
गरुडा,२५ पुस ।
रौतहटमा भएको सवारी दुर्घटनामा एकै दिन तीन जनाको ज्यान गएको छ । ट्रेक्टरको ठक्करबाट तीनजनाको ज्यान गएको हो ।
जिल्लाका तीन छुटा छुटै स्थानमा ट्रेयाक्टरको ठक्कर बाट तिनजनाको मृत्यु भएको हो । गौर चन्द्रपुर सडकखण्डको शुकदेव चँौकमा ना ५ त ९२६७ नम्बरको ट्रेयाक्टरले ना ४८ प ५७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा पछाडी बसेका माधवनारायण नगरपालिका ६ माधोपुरका ४५ बर्षिय रामअधार ठाकुरको मृत्यु भएको हो । ठक्कर बाट गम्भिर घाईते सोही ठाउका मोटरसाईकल चालक बर्ष २२ को सुसिल ठाकुरको बिरगंज स्थित तराई अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । बृन्दाबन नगरपालिका ७ धमौरा स्थित गौर चपुर सडक खण्डमा आलु लोडगरी हर्षाहा तर्फ गईरहेको ना ७ च ६१६९ नम्बरको ट्रेयाक्टरले पैदलयात्रु देवाही गोनाही नगरपालिका ४ का बर्ष ३५ की मिरादेवीलाई ठक्कर दिदा उनको उपचारको क्रममा बिरगंज स्थित सिटि अस्पतालमा मृत्यु भएको गरुडाका प्रहरी नायब उपरीक्षक महतोले बताए । ठक्कर दिने ट्रेयाक्र चालक बारा जिल्लाको पचरौता नगरपालिका ४ का २८ वर्षिय गुडु यादवलाई ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ । त्यस्तै कटहरिया नगरपालिका ९ डुमरिया स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डसट्रिजमा टयाक्ट्रको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मिल्समा उँखुलिएर गएको ना १ त ४१४० नम्बरको ट्रेयाक्टरले किचेर अन्दाजी ३५ बर्षिय एकजना पहिचान खुल्न नसकेको पुरुषको घटनास्थलमै मृत्यु भएको छ । उक्त ट्याक्टरका चालक भने फरार रहेको र घटनाबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ ।