चन्द्रपुर,२६ पुस / एक किशोरीसंग यौन सम्पर्क राखेको भिडियो एकजना युवाले मावाईल मार्फत सार्बजनिक गरेपछि अहिले जिल्लाको बृन्दावन नगरपालिकामा चासोको बिषय बनेको छ ।
बृन्दावन नगरपालिका वडानं १ रमौली बैरियाकी एक १४ बर्षकी किशोरीलाई स्थानीय युवा राजकुमार सहनीले जंगलमा लगेर यौन सम्पर्क राखेको भिडियो यतीबेला बृन्दावन नगरपालिकामा चर्चाको बिषय बनेको छ । स्थानीय युवाको हातहातमा सो भिडियो परेपछि भिडियो बनाउने सहनी फरार रहेका छन् ।
किशोरीका परिवारमा भने सो भिडियोका कारण तनाव श्रृजना भएको छ ।
युवतीका परिवारले सेक्स गरेको भिडियो बनाएर सार्वजनिक गर्ने सहनी माथि कार्वाहीको माग गर्दै बिश्रामपुर प्रहरी चौकीमा उजुरी दिएको भएपनि सो बिषयमा कुनै प्रक्रियानै अगाडी बढन नसकेको पिडित परिवारले जनाएको छ । गरिव तथा दलित परिवार भएका कारण पिडितहरुले न्याय पाउन सम्भावना नरहेको स्थानीयले जानकारी दिए । २ मिनेटको भिडियोमा किशोरीको सबै अनुहार देखिन्छ भने केटाले बिभिन्न पोजमा भिडियो बनाएका छन् ।
भिडियो सार्वजनिक भएपछि सो घटना सामसुम पार्नका लागि केही जनप्रतिनिधि लागि परेको समाचारस्रोतले बताएको छ । किशोरीका परिवारमा सो भिडियो सार्वजनिक भएपछि तनावको बाताबरण बनेको भएपनि भिडियो सार्वजनिक गर्ने युवा भने फरार रहेका छन् । २०७६ पुस २६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।