जनकपुर,२६ पुस । धनुषाको मिथिला नगरपालिका–५ स्थित श्रीपुर बस्ने २४ वर्षीय ओमप्रकाश महतो उर्फ दिलिपकुमार महतोको ज्यान जानेगरी ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ना ७ ख ६४१३ नम्बरको टिपर चालक मुनिन्द्र महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले ढल्केबर पश्चिमबाट पक्राउ गरेको हो । धनुषाका एसपी रमेशकुमार बस्नेतले भने, चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं । अवैध खोला उत्खननको विरोध गर्ने क्रममा दिलिपकुमार महतोको शुक्रबार बिहानै औरही खोलामा टिपरले किचेर मृत्यु भएको थियो । घटनालगत्तै टिपरका चालक फरार भएका थिए ।
मृतक ओमप्रकाश महतो उर्फ दिलिपकुमार