विजयपुर,२६ पुस । रौतहटको फतुवा बिजयपुरका नगरप्रमुख र कर्मचारी बिच सहमती पछी शुक्रबार तेस्रोदिन नगरपालिकामा लगाईएको ताला खोलिएको छ ।
नगरप्रमुख गोपाल प्रसाद यादवले बढीमा १० दिन भित्र कर्मचारीको सम्पुर्ण तलव निकासा गर्ने लिखित सहमतीको आधारमा ताला खालिएको हो ।
गत बुुधवार दिउसो शिक्षक लगायत सैयौंको संख्यामा गएका कर्मचारीहरुले नगरपालिका भित्र रहेका कर्मचारीलाई बाहिर निकाली मुलगेटमा तालाबन्दी गरेका थिए ।
तेस्रो नगरपरषद नभएको बहाना बनाउदै मेयर यादवको गैर जिम्मेवारीको कारण नगरक्षेत्र अन्तरगतक शिक्षक, स्वास्थकर्मी, कृषी कर्मचारी तथा करारशेवामा रहेका कर्मचारीले गत साउन देखीको तलव पाएका छैनन ।
तिन माबी,आठ निमाबी र १९ वटा प्राबि,पांच वटा स्वास्थचौकी लगायत अन्य कर्मचारीहरुले गत साउन देखी हालसम्म तलब पाउन नसकेको कारण आक्रोसित कर्मचारीहरुले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका थिए । नगरप्रमुख गोपाल प्रसाद यादवका साथै प्रशासकिय अधिकृत जयचन्द्र साहले १० दिनभित्र सबैको तलव उपलब्ध गराउने लिखित सहमती गरेपछी ताला खोलिएको माबी दुधिअवाका एकजना शिक्षक रञ्जन प्रसाद खरेलले बताएका छन । फतुुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादवले तेस्रो नगरसभा समयमा हुन नसकेको कारण हालसम्म कमैचारीहरुको रोकिएको तलव अगामी १० दिनभित्र निकासा गराउने प्रकृया आजैदेखी सुुरुभएको बताए ।