गौर,१ माघ । जिल्लाको इशनाथ नगरपालिकाले नगरभित्र रहेका दुइ सय ५० दलितलाई कम्बल बितरण गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा अति बिपन्न तथा गरिव परिवारलाइ कम्बल बितरण गरिएको हो । जाडोका कारण गरिवको बिजोक भएपछि नगरपालिकाले वडानं १ र २ का दलित तथा गरिवलाई कम्बल बितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले जानकारी दिएका छन् ।
शितलहरीबाट नगरबासीलाई बचाउनका लागि नगरपालिकाले नगरका बिभिन्न स्थानमा आगोबाल्ने ब्यावस्था समेत गरेको गुप्ताको भनाइ रहेको छ ।
गरिव तथा दलितको अवस्था हरेर कम्बल बितरण गरिएको र गरिव तथा दलित बस्तीमा जाडोबाट बच्नका लागि आगो बाल्ने ब्यावस्था समेत मिलाएको नगरप्रमुख सन्तोष मेहताले जानकारी दिएका छन् ।