कटहरिया,३ माघ / पुस्तैनी जल उपभाक्ता समिति बनाएर केही नेता तथा टाठा बाठा बागमती सिंचाई आयोजनाको करोडौं रकम बर्षेणी लुटदै आएका छन । बाबु मरे छोराको नाममा समेत उपभाक्ताको नामसारी गरेर कतिपय मानिसले राजनितिकको आडमा बर्षेणी बागमती सिंचाईको रकम लुटदै आएका हुन । सिंचाईका केही कर्मचारीलाई समेत मिलाएर रौतहट संसदिय निर्वाचन क्षेत्र अन्तरगत २०६२ सालमा गठन भएको कतिपय जल उपभोक्ता समितिले हालसम्म कार्यरत रहेको देखिन्छ । किसानलाई खेतीको सिंजनमा पानी आउने नआउने कुनै वास्तानै नगरी मात्र नहर मर्मतको नाउमा कैयौं जल उपभोक्ता समितिले सिंचाईको लाखौं रकम बर्षेणी लुटदै आएको नेकपा कटहरिया नगरकमिटिका सभापती योगेन्द्र साहले दावी गरेका छन । धान,गहुं,मकै लगायत किसानीको सिजनमा किसानलाई सिंचाईको समस्या पर्दा कसैले वास्ता नगर्ने तर नहर मर्मत सम्भारको नाउमा आउने रकमको भागबण्डाका लागी समिति माथी समितिको दावी हुने अध्यक्ष साहले गुनासो गरेका छन । यसैबिच बुधवार कटहरिया नगरपालिका वडा १ भसेढवा बाट राजेश यादव,दिपलाल यादव,भोला यादव,गेनालाल यादव लगायत दजैन बढी किसान पुर्वमन्त्री तथा संघिय सांसद प्रभु साहलाई कटहरियामा भेटेर सिंचाईको अवस्था बारे बताएका थिए । कैयांै मानिस राजनितिक संरक्षणमा बाबुको नाउ बाट छोरोको नाउमा समेत जलउपभोक्ता समिति गठन गरी बागमती सिंचाईको रकम दुरुपयोग गरीरहेको उनीहरुले दावी गरेका छन । किसानको समस्या सम्बोधनको निमित्त क्षेत्र अन्तरगतका सबै जल उपभोक्ता समिति बिघटन गरी नया“ समिति गठन गर्नुपर्ने भसेढवा बाट आएका किसानको टोलीले माग गरेका थिए । सांसद प्रभु साहले उक्त समस्या बारे बागमती सिंचाइका पिएम संग कुरो गरेर समाधानको उपाय खाज्ने बताउनु भयो ।