सर्लाही,९ माघ । एक १२ महिनाकी शिशुको बाल्टीनमा डुबेर ज्यान गएको छ । सर्लाही जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक शिशुको मृत्यु भएको हो ।
नगरपालिका–८, अगर्वा बस्ने सरोजकुमार यादवी छोरी नन्दनी यादवको बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले तराई एक्सप्रेसलाई जानकारी दिए ।