माधोपुर,१२ माघ /तराई मधेशमा प्रत्येक वर्ष कपडाको अभावमा चिसोले सयौ गरिव नागरिकले ज्यान गुमाउदै आएका छन ।
तराईमा वर्षेणी खास गरेर पुस र माघ महिनामा अत्याधिक मात्रामा चिसो लाग्ने गर्दछ ।
चिसोले खासगरी दलित, डोम, चमार,मुसहर समुदाय बढी प्रभावित हुने गर्छन ।
तराई मधेशको जिल्लामा अति गरिव र लोपोन्मुख समुदायको रुपमा परिचित उनिहरुलाई कपडा खरिद गर्न पैसा नहुने गरेकोले अत्याधिक चिसोले उनिहरुको अकालमै मृत्यु समेत हुदै आएको छ ।
कपडाको अभावमा अब कसैले पनि अकालमै मृत्युवरण गर्नु नपरोस भन्ने उद्देशयका साथ प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले विगत केहि दिनदेखी टुहुरा, गरिव, असाहाय र अति विपन्न परिवारलाई कम्बल वितरण गर्ने अभियान नै सञ्चालन गरेका छन । कृषि राज्य मन्त्री यादवले आफना गृह जिल्ला रौतहटको निर्वाचन क्षेत्र नं १ को खमा प्रत्येक गरिव परिवारको जेष्ठ नागरिकहरुलाई गँउ गाउमा पुगेर कम्बल वितरण गरिरहेका छन ।
कम्बल वितरण गर्ने अभियान अन्तर्गत मन्त्री यादवले अहिलेसम्म आफना निर्वाचन क्षेत्रका पांच सय भन्दा बढी जेष्ठ नागरिकलाई कम्बल वितरण गरिसकेका छन ।
समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहनुभएका कृषि राज्य मन्त्री योगेन्द्र यादव शनिबार फेरी रौतहटको विभिन्न गाउमा गरी पांच सय भन्दा बढी थान कम्बल वितरण गरेका हुन ।
मन्त्री यादवले जिल्लाको छतौना, सखुअवा, माधोपुर, धनहारी र भेडियाहीमा शनिबार पांच सय चिसोबाट प्रभावित जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेका हुन ।
चिसोबाट प्रभावित दलित, डोम, चमार, मुसहर, हलखोर समुदायलाई मन्त्री यादवले न्यानो कपडा वितरण गरेको उनका स्वकीय सचिव कमलेश यादवले जानकारी दिएका छन ।