समनपुर,१२ माघ /बागमती नदीमा निर्माणाधीन पुलमा स्थानीय सरकारको मिलोमतोमा अनियमितता भएको भन्दै रौतहटको समनपुरमा स्थानीयबासीले कारबाहीको माग गर्दै विरोध गरेका छन् ।
विकासको विषयलाई लिएर स्थानीयले बिरोध गरेको यो पहिलोपटक हो । रौतहटको गढीमाई नगरपालिकास्थित सर्लाहीसंग जोडने बागमती नदीमा एलाइट कम्पनीले ठेक्का सकार गरी पा“च वर्षदेखि पुल निर्माण गरिरहेको भएपनि व्यापक अनियमितता भएको स्थानीयको आरोप रहेको छ ।
गत शुक्रबार स्थानीयबासीले पुलको गुणस्तरीय निर्माण समयमा हुनुपर्ने र स्थानीय सरकारको मिलोमतोमा खोलामा भइरहेको दोहनको पनि छानबिन हुनुपर्ने माग गरेका छन ।
बागमती नदीमा पुल निर्माण कार्य समयमै सम्पन्न नहुंदा रौतहट र सर्लाहीको दक्षिणी भेगका नागरिकले सास्ती पाएका छन् । पुल नहुंदा स्थानीय बासिन्दा डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । रौतहटको गढीमाई नगरपालिका र सर्लाहीको रामनगर गाउपालिकास्थित खैर्बा गाउ जोड्ने गरी निर्माणाधीन पुल पा“च वर्षदेखि अलपत्र अवस्थामा परेपछि रौतहटको दक्षिणी भेगका नागरिकले सास्ती खेपीरहेको छ ।
पुल निर्माण कार्य पुरा नहुंदा नदी वारी पारी गर्न समस्या भइरहेको रौतहटको गढीमाई नगरपालिका समनपुरका स्थानिय वासिन्दा प्रहलाद साहले गुनासो गरेका छन । सर्लाही र रौतहट जिल्लाको दक्षिणि क्षेत्रका स्थानीयले विभिन्न ठाउ“मा आवातजावत गर्नका लागि नजिक पर्ने भएकोले खैर्वा र हजरियाघाटको बाटो जोखिमपूर्ण यात्रा भए पनि त्यहि बाटोको प्रयोग गर्दै आइरहेका छन् । यसरी जोखिमपूर्ण यात्राले रौतहटमा बिगतका दिनहरूमा डुंगा दुर्घटना भएको स्थानीय बताउ“छन् ।
त्यस भेगमा सञ्चालित तीनरचार वटा डुंगामा कोचामकोच गरी नदी तर्दै आएका स्थानियले गुनासो गरेका हुन ।
डुंगामा राखेर नदी पार गराए वापत एकजनाको १०० रुपैया“, प्रतिसाइकल ५० रुपैया“ र प्रति मोटरसाइकल दुई सयदेखि दुई सय पचास रुपैया“ सम्म लिने गरेका स्थानियको भनाई छ । प्रायजसो मान्छे भने जसोतसो पानीमै हेलिएर नदी वारी पारी गर्दै आएका रौतहटको गढीमाई नगरपालिका वडा नं. –३ का स्थानीय हेमन्त कुशवाहले बताएका छन । वर्षात लागेपछि बागमती नदीमा पानीको बहाव बढेको समयमा डुंगा सञ्चालनमै समस्या हुने गरेको स्थानीयले वासिन्दा अनन्दी रामले बताएका छन् । सर्लाहीको रामनगर गाउ“पालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माले बागमती नदीको पुल निर्माण नहुदा नागरिकले सास्ती पाएको बताएका हुन ।