चन्द्रपुर,१२ माघ / चन्द्रपुरमा उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ को दोश्रो खेलमा मोरङको बीराटनगर महानगरपालीका बिजयी भएको छ । ती दुबै पालिकाका दुबै टिमले मध्यान्तर अघि सम्म गोल गर्न सकेका थिएनन । दुबै पक्षले जीत आफनो पक्षमा पार्न आक्रामक खेलेको भएपनि मध्यान्तर पछि ७३ औ मिनेटमा मोरङको बीराटनगर महानगरपालिकाका जर्सी नम्बर ७ की साबित्री मगरले ७२ औ मिनेटमा एक गोल गरेर आफनो टिम लाई अग्रता दिलाएकी छिन ।
अन्तत उनकै गोलले मोरङको बीराटनगर महानगरपालिका टिम बिजयी भएको हो । उक्त खेलमा सुर्खेत बीरेन्द्र नगरपालिकाका जर्सी नम्बर ११ की सृजना सिह वमेन अफ दि म्याच घोषित भईन । उनले पनि नगद ५ हजार र ट्राफि हात पारेकी छिन ।