अशोक पहाडी
रौतहट,१४ माघ ।
विप्लव माओवादीका दुई जना नेता रौतहटबाट पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका वडानं ३ को इपिलघारीबाट एकजना जिल्ला सेक्रेटरी र एकजना जिल्ला सदस्य पक्राउ परेका हुन् । विप्लव माओवादीको रौतहट जिल्ला सेक्रेटरी श्रृजना शाही र जिल्ला सदस्य दुर्गा बल पक्राउ परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।