पथलैया ,१६ माघ / पथलैया वीरगञ्ज ब्यापारिक मार्ग अन्तर्गत सिमरास्थित जगदम्बा स्टिल ईण्डस्ट्रिजमा कार्यरत एक मजदुर उदोगभित्रै मृत अवस्थामा फेला परेका छन् । भारत बिहारको छपरा घर भई हाल सिमरा बस्दै आएका अन्दाजी ३० वर्षिय अम्बर राय बुधबार राती उद्योगभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय सिमराका इन्चर्ज, प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिए । उद्योगको वर्कशपमा काम गर्दै आएका रायको शव बिद्युतगृहनजिकै फेला परेको उनले बताए । ‘वर्कशपमा काम गर्ने उनको राती आठ बजे डिउटी सकिएको रहेछ । अर्को सिफ्टमा काम गर्न जाने मजदुरले शव देखेपछी राती करिब १० बजे हामीलाई खबर गरेका थिए ।