पर्सा,२१ माघ । पर्सामा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय बाबुले १६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको हो । इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार बाबुले कान्छी पट्टीको श्रीमतीको १६ वर्षीया छोरीलाई गत शुक्रबारदेखी घरमै बन्धक बनाएर बलात्कार गर्दै आएको आरोपमा पोखरीया बजारबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका बाबुका थर सार्वजनिक गरी पकि पूरा नाम भने खुलाइएको छैन । आफुलाई बाबुले घरमा बन्धक बनाएर बलात्कार गर्दै आएको १६ वर्षीया किशोरीले लगाएको आरोपको आधारमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानको लागि रौनियारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पोखरीका प्रहरी निरीक्षक उपेन्द्र यादवले जानकारी दिए । कान्छि श्रीमती र बलात्कारको सिकार भएकी छोरीलाई समेत घटनाबारे थप अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ । गाउँमा एक जनाको मृत्यु भएपछि घर बाहिर निस्केकी किशोरी इलाका प्रहरी कार्यालयमा पोखरियमा पुगी बाबुले आफूमाथि पटक–पटक बलात्कार गरेको मौखिक जानकारी गराए पछि घटना बाहिर आएको पर्सा प्रहरीले जनाएको छ ।