कटहरिया,२८ माघ / नेपाली कांग्रेस रौतहटका पूर्व सांसद सुनिल यादव उर्फ जितेन्द्रले आउदो निर्वाचनमा कांग्रेस फेरी पहिलो दल बन्ने दावी गरेका छन ।
कांग्रेसको देशभरी नै ठुलो जनमत रहेकोले आउदो निर्वाचनमा कांग्रेसलाई पहिलो दल बन्नबाट कसैले पनि रोक्न नसक्ने पूर्व सांसद सुनिल यादवले ठोकुवा गरे ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ९ धरहरीमा सोमबार आयोजित पार्टिको वडा कमिटि विस्तार तथा समायोजन कार्यक्रमलाई प्रमुख आतिथिको रुपमा सम्बोधन गर्दै कांग्रेसका रौतहट क्षेत्र नं ३ का पूर्व सांसद सुनिल यादव जितेन्द्रले अगामि निर्वाचनपछि देशमा कांग्रेसको नृतृत्वमा सरकार बन्ने बताए ।
कांग्रेस गरिव, असाहाय,मजदुर, किसान,थारु, जनजाति, मुस्लिम, मधेशी लगाएत सबै वर्ग र जातजातिको पार्टि रहेकोले अगामी निर्वाचनमा कांग्रेस पहिलो स्थानमा आउने र जनतालाई ठग्ने पार्टिको पराजय निश्चित रहेको पूर्व सांसद यादवले दावी गरे ।
यसभन्दा अघि देशकै सबभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसको गत निर्वाचनमा पनि फेरी ठुलो दल बन्ने पुरै सम्भावना रहेतापनि पार्टिकै केहि नेताले गरेको गद्दारी कारण पार्टिलाई पराजय हुनुपरेको उनले बताए ।
कम्युनिष्ट सरकार देशमा विकास गर्नुको सटा जातिवाद, पुजिवाद तर्फ उन्मुख रहेको आरोप लगाउँदै कांग्रेसका पुर्व सांसद यादवले देशलाई विकसित र आर्थिक रुपमा सब्बल एवं मजबुत बनाउनको लागि कांग्रेसको विकल्प नरहेको पुर्व सांसद सुनिल यादवले बताए । धरहरीमा आयोजित वडा कमिटि विस्तार तथा समायोजन कार्यक्रममा नेकपा, राजपा लगाएतका पार्टि परित्याग गरी दर्जनौ व्यक्ति नेपाली काग्रेसमा प्रवेस गरेका छन । नेपाली कांगेसका स्थानीय नेता बिरी पंडितको अध्यक्षतामा भएको कार्यक्रममा अन्य पार्टि परित्याग गरी ३१ जना कांग्रेसमा प्रवेस गरेका छन ।