ओम प्रकाश यादव २९ माघ / रौतहट जिल्लाको मौलपुर नगरपालिका वडा नम्बर ५ पतौरामा भेटिएको पुरातात्विक महादेव मंदिरको श्रृंगारिने कार्य तीव्र रुपमा अगाडी बढाइएको छ ।
फाल्गुन ५ र ६ गते हुने मधानी महोत्सवको लागि मंदिरको आकर्षक रुपमा सजाउने कार्य तीव्र गतिमा भइरहेका हुन । बेलायतबाट आएका पुरातात्विक विज्ञहरुले गरेको सर्वे अनुसार नया मंदिरको संरचना फेला परेकोले त्यसको उत्खनन गर्ने कार्य पनि जारी रहेको छ ।
हजारौ हजार वर्ष पुराना मंदिरको अवशेष फेला परे पछि उत्खननको कार्य शुरू गरिएको छ ।
मौलापुर नगरपालिका आयोजक रहेको उक्त मधानी महोत्सवको उदघाटन राष्ट्रपति विद्या देवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ । पुरातात्विक महादेव मंदिरको प्रचार प्रसार तीव्र बनाइएकोले लखौ लाख आम नागरिक अवलोकन गर्न आऊंन सकिने अनुमान आयोजकले गरेका छन । महोत्सवलाइ लिएर बाटो घाटोंको सरसफाई ,विधुतको व्यवस्थापन , संचारको व्यवस्था , मधानी हेर्न आउने श्रदालु हरुको बसने खाने व्यवस्थाको तयारी भई रहेको मौलापुर नगरपालिकाका प्रसाशकीय अधिकृत सिकिन्दर प्रसाद साहले बताएका छन ।
मधानी महोत्सवमा नेपाली चलचित्रका नायक नायिका ,गायक , भोजपुरी सिनेमाका सुपर स्टार दिनेश लाल निरहुवा , अभिनेत्री आम्रपाली दुवे लगायत भारतका गायक गायिका कला प्रदर्शन गर्नको निमित आउने आयोजकले जनाएका छन । नेपाल भ्रमण वर्ष २०२० को आगमनको अवसर पारेर आयोजना गरिएको मधानी महोत्सवले पतौरालाइ पर्यटकीय क्षेत्रको रुपमा परिचित गर्ने छन । रौतहटमा पर्यटकीय स्थल अरु भए पनि पतौराको छूटै पहिचान स्थापना हुने विश्वास गरिएको छ । महोत्सवको लागि नगरपालिकाले करीव २ करोड रकम छुट्याएको बुझिएको छ ।