विजयपुर,२९ माघ / रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक जना युवा व्यक्तिगत १० लाख रुपैया लगानीबाट सडक मर्मत संभार गरिरहेका छन । फतुवा विजयपुर नगरका नेकपा संयोजक अजय तिमलसीना आफनो व्यक्तिगत लगानीबाट करिव ६ किलोमिटर बाटो मर्मत संभार गरिरहेका छन । बराको कोल्ही नगरपालिका १ अरुवा खोलादेखी विजयपुर प्रहरी चौकी छेउको मुल बाटोसम्म मर्मत गर्न लागिएको संयोजक तिमलसिनाले बताए । जिर्ण रहेका बाटो नगर, प्रदेश र संघले मर्मत संभार गर्न कुनै चासो नदेखाएपछि हिमालीबासका युवाहरुको सहयोगमा बाटो मर्मत संभार गर्न लागिएको हो । इस्टिमेट अनुसार उक्त बाटोमा मर्मत संभार तथा ग्रेभल राख्न १० लाख बढी खर्च हुने बताईएको छ ।