गौर,२९ माघ / रौतहटमा एक हप्तामा दुइ जनाको हत्या भएको छ । सोमबार राती एक वृद्धको हत्या भएको छ । जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको हत्या भएको हो । सोमबार राति अज्ञात समूहले पण्डितलाई उनकै गोठमा हतौडा प्रहार गरी हत्या गरेको पीडित परिवारले जनाएको छ । घरमा खाना खाएर गाउँबाट झण्डै १ किलोमिटर रहेको गोठमा सुत्न गएका उनी मंगलबार बिहान अबेरसम्म घरमा नफर्केपछि परिवारका सदस्य खोज्न जा“दा पण्डितको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको अवस्थामा गोठमै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक नविनकुमार सिंहले घटनाको पुष्टि गरेका छन् । रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताउदै अपराधी चा“डै नियन्त्रणमा आउने विश्वास व्यक्त गरेका छन । यता आईतबार राती जिल्लाको एक युवकको हत्या भएको थियो । भारतीय सीमासंग जोडिएको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको उनकै प्रेमिकाको तीन जना दाजु मिलेर हत्या गरेका थिय ।
एसपी रवीराज खड्काले ईशनाथ नगरपालिका–८ मन्सरीका एहतेसामुल हकको हत्यामा उनकै प्रेमिकाका दाजुहरु राजपुर नगरपालिका–६ कुडियाका ३१ वर्षीय असरफ अली, २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अली संलग्न रहेको बताए ।