चन्द्रपुर,२ फागुन / हाइटेन्सन मुनी रहेका रुख काटने अनुमती पाएका केही सामुदायीक वनले तोकेभन्दा बढी रुख काटेको गुनासो आएको छ ।
वन कर्मचारीसंगको मिलेमतोमा ती सामुदायीक वनको मनोमानी बढेको उपभोक्ताहरुको गुनासो रहेको छ । बागमती देखी चादी खोला सम्म पर्ने सामुदायीक वनका पदाधिकारीलाई यतीबेला हाइटेन्सन मुनीको रुख काटने अवसर पाउनु भनेको दसैं आए बराबर भएको एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
सामुदायीक वनबाट उत्पादित काठ दाउरा पहिला स्थानीय उपभोक्ताले पाउनु पर्नेमा केही सामुदायीक वनले उपभोक्तालाई समेत जानकारी नदिइ पत्रिकामा सुचना प्रकाशन गरेर बिक्रि बितरण गर्ने तयारी गरेको पौराईका एक स्थानीय बासिन्दाले बताएका छन् ।
हाई टेन्सन मुनीको रुख काटनका लागि अनुमती पाएपछि अनुमती पाउने सामुदायीक वनका पदाधिकारीको पछिल्लो समय चन्द्रनिगाहपुरका होटलमा भोजनै चल्ने गरेको स्थानीयले बताएकाछन् । जुडिबेलामा रहेको नमुना सामुदायीक वनका पदाधिकारीले काटन अनुमती पाएको भन्दा बढी रुख काटेको रुख बेच्नु पहिलानै भोजभात गर्न थालेको एक स्थानीय बासिन्दाले बताएका छन् ।
यता पौराईमा रहेको एक सामुदायीक वनले हाइटेन्सन मुनीको रुख काटेपछि स्थानीय उपभोक्तालाई जानकारी समेत नदिइ पत्रिकामा सुचना प्रकाशन गरेर बिक्रिबितरण गर्ने तयारी थालेको स्थानीयले बताएकाछन् । यता पौराईमा रहेको देउराली सामुदायीक वनमा समेत केही पदाधिकारीको मनोमानी बढेको स्थानीयले बताएकाछन् ।