चन्द्रपुर,२२ फागुन / रौतहटको बिभिन्न स्थानको ६६ बिगाहा सार्बजनिक जमिन अब्यवस्थीत र सुकुम्बासीको नाममा बितरण गरेको खुलेको छ । नौ बर्ष अघि गठित सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति रौतहटले ०६७ भदौ २४ गते निर्णय गर्दै गौर, ब्रम्हपुरी, कर्कचकर्मैया, सन्तपुर (म) चन्द्रनिगाहपुर, लक्ष्मिनिया, जुडिबेला, पौराईमा रहेको ६६ बिगाहा १७ कटठा १२ धुर जङ्गलक्षेत्रको सार्बजनिक जमिन २ सय २८ जना लाई बितरण गरेको खुलेको हो ।
सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रिय समिति बाट अनुमोदन नगराईकनै तत्कालिन मालपोत र नापी कार्यालयको मिलोमतोमा उक्त जमिनको किताकाट र से्रस्ता कायम गरिएको खुलेको छ । तर यतिखेर सो जमिनको बैधानिकता माथि प्रश्न उठेको छ । सुकुम्बासी समस्या समाधान आायोग बाट बितरित भएको सार्बजनिक जमिन दश बर्ष सम्म खरिद बिक्री गर्न नपाउने नीयम भएपनि सो समेत भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रनिगाहपुर संग उक्त सार्बजनिक जमिनको फिल्डबुक र प्लट रजिष्टरको रेकर्ड माग गरेपछि बैधानिकता माथि प्रश्न उठेको छ । सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समितिले बितरण गरेको सार्बजनिक जमिनको अनुमोदन सुकुम्बासी समस्या समाधान आयोग केन्द्रिय समिति बाट गराउनु पर्ने नीयम बिपरित मालपोत कार्यालय र नापी कार्यालयको मिलोमतोमा स्रेस्ता कायम गरिएको खुलेको छ । केन्द्रिय समितिको आदेश बिनानै सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति रौतहटले मालपोत कार्यालय लाई स्रेस्ता कायम गर्न पठाएको र मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको पाइएको छ । नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सञ्जय साहका अनुसार केन्द्रिय समितिको निर्णय आदेश नभएकाले किताकाट रोक्का गरिदिएको बताए । नापी कार्यालयले जग्गा किताकाट रोक्का गरेपछि त्यस समयमा बितरित सार्बजनिक जमिनको यतिखेर बिबाद देखिएको छ । कल्याणी खडकाको आयोगले ०५२÷५३ मा बितरण गरेको सार्बजनिक जमिको फिल्डबुक कायम नभएको र महेन्द्र चौलागाईको आयोगले स्रेस्ता कायम गर्न पठाएको जमिनको सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रिय समिति बाट अनुमोदन नभएपछि ती जमिनको बैधानिकता नभएको स्रोतको भनाई रहेको छ ।
सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति रौतहटको पत्र संख्या ०५२÷५३को चलानी नम्बर २२ को पत्र अनुसार तत्कालिन लक्ष्मिनिया गाबिसको वडानम्बर ८ (क)को कितानम्बर ३९को ऐलानी १६ बिगाहा ४ कटठा जमिनको तत्कालिन नापी कार्यालयले कितानम्बर ३३५ देखि ४६९ सम्म १३४ वटा किताकाट गरेर बितरण गरेको जमिनको बैधानिकता नभएपछि यतिखेर समस्या उत्पन्न भएको जनाइएको छ ।