चन्द्रपुर,२२ फागुन / रौतहटको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुरको मुख्य चौक देखि गौर रोडमा समेत ट्राफिक व्यवस्थापनको कमजोरीका कारण अस्तव्यस्त बनेको छ ।
यसले शहरको सौन्दर्यमा ह्रास त ल्याएको छ नै नगरवासीमा समेत हिनताबोध हुन थालेको छ । चन्द्रनिगाहपुरको मुख्य चौक पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा खुल्ला पार्किङ गर्ने स्थानको अभावले ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । चन्द्रनिगाहपुरको मूख्य सडकदेखि बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ गर्ने प्रचलनका कारण चन्द्रनिगाहपुर क्षेत्र कुरुप देखिन थालेको छ । ट्राफिक नियमबारे चेतनाको अभाव, सडकपेटीमा निर्माण सामग्री राख्नुजस्ता कारणले शहर भित्र ट्राफिक व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको देखिएको छ । सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ स्थल र फुटपाथ व्यवसाय गर्ने थलो नै बनेको देखिन्छ । विषेश गरी चन्द्रनिगाहपुरको मुख्य चौक क्षेत्रमा बाटोमै ठेलामा फलफुल बेच्नेहरुको संख्या बढेको देखिएको छ । मुख्य चौक क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ समेत हुंदै आएको छ । यता चन्द्रनिगाहपुर गौर सडक खण्डमा छाडा चौपाय खुला रुपमा छाडिएकाले सडक क्षेत्रमा सवारी आवगमनमा समस्या हुने गरेको एक जना बस चालकले बताएका छन । यसले दुर्घटनालाई समेत निम्त्याएको देखिएको बताए । ट्राफिक प्रहरीले पार्किङ निषेध गरेको स्थानमा नै सवारी धनीहरुले आफना सवारी साधन पार्किङ गर्ने प्रचलन समेत बढेको देखिन्छ । पार्किङ निषेधित क्षेत्रमा अटोरिक्सा,ई–रिक्सा ,मोटरसाइकल जस्ता सवारी साधन पार्किङ गरिएको भएपनि ट्राफिक प्रहरी देखेपनि नदेखे जस्तै गरी बस्ने गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेपनि उनीहरु सवारी चालकको बिलबुक र लाइसेन्स चेकजा“चमा मात्रै व्यस्त देखिएका हुन्छन् । ट्राफिक प्रहरीको आ“खा अगाडी निषेधित क्षेत्रमा सवारी साधन पार्किङ गरिएपनि उनीहरुले खासै चासो दिने गरेको पाइदैन ।