रुपेन्द्र पटेल,२२ फागुन / होलि पर्व नजिकिए संगै रौतहटका बजार अनुगमन नहुदा आम उपभोक्ताहरु ठगिन बाध्य भएका छन । जिल्लाको १८ वटै स्थानिय तहका बजार अनुगमन नहुदा सर्बसाधारण ठगिन बाध्य भएका छन् । जिल्लाको गौर ,चन्द्रनिगाहपुर ,गरुडा ,समनपुर, कटहरिया लगायतका बजारमा अनुगमन हुन नसकेको हो । हिन्दु धर्मालम्बिहरुको महानचाड होली पर्व नजिकिए संगै पर्वमा हरेक सरसामानको व्यापार बढ्ने गर्छ । यही मौका छोपेर व्यापारीहरूले अस्वाभाविक भाउ बढाउ“दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन ।
चाडबाडका बेला अस्वस्थकर मिसावट म्याद गुज्रेका सामानको समेत बिक्री हुने गरेको छ । तर बजार अनुगमनमा स्थानीय तहले समेत चासो देखाएको छैन । अहिले जिल्लाको प्रमुख व्यापारिक केन्द्रहरूमा होलिका लागि किनमेल गर्नेको भीडभाड बढेको छ । अनुगमन अभावमा बजार महँगो भएकाले सर्वसाधारण उपभोक्ता ठगिने क्रम बढेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका जिल्ला अध्यक्ष टिका घिमिरेको भनाइ रहेको छ । चाडपर्वका बेला प्रमुख बजारहरूमा उपभोक्ताको भीड बढेको छ, यस वर्ष बजार अनुगमन नभएकाले उपभोक्ताहरू ठगिनु परेको गुनासो बढेको उनले बताएका छन । उपभोक्ता ठगीमा परिरहंदा स्थानीय प्रशासन र स्थानीय तह मौन बसेको छ । बजार अनुगमनको जिम्मा पाएका स्थानीय प्रशासन र स्थानीय तहले बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन नसकेको गुनासो रौतहटमा उतिकै छन । जसको फाइदा कालोबजारी गर्ने व्यापारीले उठाइरहेका छन । अधिकांश पसलहरूमा म्याद नाघेका सामान बिक्री भइरहेको छ । होलि पर्व नजिकिंदै गर्दा व्यापारीले यस्ता सामान बिक्री गरेका हुन ।
राष्ट्रिय महत्त्वका मुख्य चाडपर्व नजिकिंदै गर्दा बजारमा अखाद्य र मिति सकिएका सामान बिक्री भएको भन्ने आम उपभोक्ताको गुनासो छ । बजार अनुगमन नहंदा ब्यापारीको मन परिप बढेको छ ।