गरुडा,२२ फागुन / रौतहटको गरुडा नगरपालिको चौथो नगरसभा बुधबार भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय गरुडाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफना चौथो नगरसभा सम्पन्न गरेको हो । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको प्रमुख अतिथ्य तथा गरुडा नगरपालिकाका मेयर इनु राय यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०६७÷२०७७ का लागि ५५करोड भन्दा बढी बजेट प्रस्तुत गरेको हो । कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्द मुस्ताक आलमले नगरको समग्र विकासका लागि ५५ करोड ४२ लाख ६७ हजार आय व्यय प्रस्तुत गर्नुभएको हो ।
सम्पन्न नगरसभाले यस चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य,कृषि,यातायात तथा भौतिक पूर्वाधार निर्माण लगायतका कामलाई विशेष प्राथमिकता दिएको छ ।
कार्यक्रममा नगरउपप्रमुख रंगिला देवी जयसवाल,सम्पूर्ण कार्यपालिका सदस्य, प्रदेश २ का विकास समितिका सभापति शेख फुलबाबु युवा नेता राजकुमार दास लगायत व्यक्तिहरुका सहभागिता रहेको थियो ।