विजयपुर,२३ फागुन / रौतहटको एक नगरपालिकामा ९ महिना पछि नगरसभा सम्पन्न भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिकाको तेस्रो नगरसभा बिहिबार मेयर उप मेयर बिच भागबण्डामा कुरा मिलेपछि सम्पन्न भएको हो । मेयरलाई साठी प्रतिसत र उप मेयरलाई ४० प्रतिसत रकम भागबण्डामा सहमती भएपछि ९ महिना पछि नगरसभा सम्पन्न भएको हो ।
विकासमा भन्दा रकममा भागबण्डा नमिलेका कारण बिगल ९ महिना देखी सो नगरपालिकाको नगरसभा हुन नसक्दा कर्मचारी देखी शिक्षक सम्मले तलव खान पाएका थिएनन् ।
गत पुस १२ गते मेयर गोपल यादवले एकर्लौटी नगरसभा गरेको भन्दै उप मेयर कान्ति देबीले उच्च अदालत गएपछि उच्च अदालतले नगरसभा बदर गर्ने आदेश दिएको थियो ।
गत असारमै नगरसभा गर्नुपर्नेमा मेयर र उप मेयर बिचको बिवादका कारण ९ महिनापछि नगरसभा सम्पन्न भएको हो । मेयर यादव नेपाली काग्रेसका हुन भने उप मेयर कान्ति देबी नेकपाकी हुन । बिगत लामो समय सम्म पानी बाराबारको अवस्थामा रहेका मेयर उप मेयर बिहिबार भएको नगरसभामासंगै बसेर फोटो खिचाउन ब्यास्त रहेका थिय ।
सो नगरपालिकामा मेयरलाई २ करोड ४० लाख खर्च गर्न पाउने गरी छुट्टयाइएको छ ,भने उप मेयरलाई १ करोड ८० लाख रकम छुट्ट्याउने सहमती भएपछि दुबै पक्ष नगरसभा गर्न राजी भएका थिय ।
नगरसभा भएपछि सबै भन्दा धेरै शिक्षक कर्मचारी खुशी भएका छन् । उनीहरुले ९ महिनादेख ितलबभत्ता खान पाएका थिएनन् ।